Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद बैठक, नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने तयारी 


    बिहिबार, भाद्र २ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । 

    बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मामा फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ । आजको संसद बैठकको सम्भावित कार्यसूचीमा संसदमा विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत हुने भनिएको छ । 

    राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन्। साउन ३० गते विधेयक फिर्ताको सन्देश प्रतिनिधिसभामा पेस गरिएको थियो। 

    सत्ता गठबन्धनमा आबद्ध दलहरूले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने समझदारी गरेका थिए । सोही अनुसार प्रतिनिधि सभामा आज गृहमन्त्री बालकृष्ण खाणले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् प्रस्ताव पेस गर्ने छन्। 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार