Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाका एक दर्जन नेताले माओवादी रोजे 


    बुधबार, भाद्र १ २०७९
    1.7K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टीमा व्यक्तिवादी प्रवृति हाबी भएको ठहर गर्दै १३ जना नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसपा खोटाङ अध्यक्ष टंकबहादुर थापासहित १३ जना आज माओवादीमा प्रवेश गरेका हुन् । 

    जसमा अन्य जसपा उपाध्यक्ष नविनकिशोर राई, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपकुमार तामा, प्रवचन राई, मनोज राई र जुलन राई हुन् । यसैगरी सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङले पनि माओवादी रोजेका छन् । 

    केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसेको भन्दै अस्ति उनीहरुले जसपा परित्यागको घोषणा गरेका थिए । त्यसलगत्तै उनीहरुले आज माओवादी केन्द्र रोजेका हुन् । 

    वर्तमान राजनीतिक उपलव्धि, समानुपातिक समावेशी राज्यको नीति स्थापना गर्ने बैचारिक तथा सैद्धान्तिक हिसावले नेपालमा एकमात्र पार्टी माओवादी केन्द्र भएको थापाको भनाइ छ । उनले आफू समृद्ध समाज निर्माण गर्दै आमुल परिवर्तनको दिशामा अगाडि बढ्ने आन्दोलनमा समेत समाहित भएको दाबी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार