Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप भदौ तेस्रो साता


    बुधबार, भाद्र १ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भदौ अन्तिम साता एनआरएनए स्पोटर्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप आयोजना हुने भएको छ । 

    आयोजकले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सातदोबाटोस्थित कराँते हलमा प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जनाएको हो । दुई दिने प्रतियोगितामा पुरुषतर्फ ५० केजी,  ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजी माथिको तौल समूहमा प्रतिष्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यस्तै महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजी भन्दा माथिको तौल समूह प्रतिष्पर्धा हुनेछ । त्यस्तै महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा समेत प्रतिष्पर्धा  हुनेछ ।

    नेपाल ईन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक र मेघा बैंक लगायतका निकायहरुको आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न सात प्रदेश, विभागीय टोली त्रिभूवन आर्मी क्लव, नेपाली प्रहरी, नेपाल एपिएफ र एनआरएनसहित ११ टोलीले सहभागिता जनाउँदै छन । प्रतियोगितामा कुल ३ सय १० खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन ।

    प्रतियोगितामा प्रत्येक तौल समूहमा पहिलो हुनले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५÷५ हार रुपैयाँ पाउनेछन भने महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कार प्रदान गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार