Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिकता बिधेयक फिर्ताः तरुण दलले माग्यो राष्ट्रपतिको राजीनामा


    सोमबार, साउन ३० २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  आइतबार नागरिकता बिधेयक संसदमै पुनर्विचारका लागि फिर्ता पठाएपछि सत्तारुढ दल विशेष गरी नेपाली कांग्रेस र मधेशकेन्द्रित पार्टीले उनको बिरोध गरेका छन् । सत्ताको मुख्य घटक नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले राष्ट्रपति विद्यादेवी राजीनामा नै मागेको छ । 

    संसदका दुवै सदनबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले संसदमै फिर्ता पठाउने राष्ट्रपतिको कदमको बिरोध गर्र्दै तरुण दलले उनको राजीनामा माग गरेको हो । 

    नागरिकता बिधेयक अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरणविना प्रतिनिधिसभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको तरुण दलका अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    अध्यक्ष गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ–‘राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकतबिहीन नागरिकलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठीत हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली  फेरि अन्धकारको भूमरीमा धकेलिएका छन् ।’

    नागरिकताविहीन नेपाली जनतामाथिको यो अपमानको तरुण दल घोर निन्दा र भत्र्सना गर्दछ ।’ राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताका आधारमा राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूतसमेत गर्न संसद र सरकारसँग तरूण दलले माग गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार