काठमाडौं । नेकपा एमाले समर्थित पर्यटन व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसासी संगठनको कोषाध्यक्षमा विवादित ब्यापारी लीलाबहादुर लामा (टासी)लाई चयन गरिएको छ । लामा विभिन्न आपराधिक घटनामा जेल सजाय भुक्तान गरेर आएको व्यक्ति हुन् ।
लामालाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद सजाय फैसला गरेको थियो । लामा लुटपाट घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार २०६२ सालदेखि जेलमा थिए । तर २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर उनलाई आममाफी दिएर जेलबाट छुटाइएको थियो । लामामाथि बैंक लुटपाटको अभियोग लागेको थियो ।लामाले एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स, स्याकर कम्पनी, गुडविल फाइनान्सलगायत आधा दर्जनभन्दा बढी वित्तीय संस्थामा लुटपाट गरेका थिए ।

लामाले जेलभित्रबाट ब्राउन सुगरको कारोबार गरेका थिए । जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपूर्ण कफिसपबाट लागुऔषध ब्राउनसुगर, २० लाख रुपियाँ नगद र तीन वटा मोबाइलसहित पक्राउ परेका थिए ।
त्यस बेला लामाको साथबाट १५ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
तिनै लामालाई गएको फागुनमा पर्यटन बोर्डको सदस्य नियुक्ति गरेपछि तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आले पनि विवादमा परेका थिए । मन्त्री आलेले तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको जोडबल र राजेन्द्र सापकोटा (बोर्डको सदस्य सिफारिस समिति सदस्य)कै अनुरोधमा सदस्य नियुक्ति गरेको जिकिर गरेका थिए । झाँक्रीले तिहारमा टिका लगाउने भाइ भनेपछि आफूले सिफारिस गरेको आलेले नेकपा समाजवादीका नेताहरुलाई भनेका थिए । ब्राउन सुगर र बैंक लुटपाटमा संलग्न भएको समाचार आएपछि आलेले नै उनलाई राजीनामा दिन दबाब दिएका थिए ।
लामाले राजीनामा दिन आनाकानी गरेपछि आलेले प्रहरीको सीआइबीमा कारबाही गर्न पठाउने भनेपछि उनले राजीनामा दिएका थिए । उनले बोर्ड सदस्य हुनका लागि २० लाख रुपैयाँ घुस खुवाएको पोल समेत खोल्दिने धम्की आलेलाई दिएका थिए । तर आलेले आफूले लामासँग रकम नलिएको दलिल नेताहरुसँग गरेका थिए । लामाले म्यानपावर ब्यवसायीदेखि धेरैलाई करोडौं ठगी गरेको आरोप पनि लागेको छ ।
संघमा को को चयन भए ?
एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसासी संगठनको २०७९ साउन १३ सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले पूर्णबहादुर कुँवरलाई अध्यक्षतामा अध्यक्षतामा १ सय १ सदस्यीय कमिटी चयन गरेको थियो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा निर्वाचित भएका छन् । महासचिवमा यमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा शेर्पा र श्रीकान्त आचार्य चयन भएका छन् ।
संगठनका पाँच सचिवहरूमा दीपक दाहाल, जीवनराज सापकोटा, प्रदीप आचार्य, जया बराल र प्रह्लाद लोहनी रहेका छन् ।
उपाध्यक्षमा टीकाराम गुरुङ, सुधीरकुमार उपाध्याय, केदारनाथ शर्मा, महेश भट्टराई, लंकबहादुर शाही र सागर अधिकारी निर्वाचित भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend