Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्रक दुर्घटना अपडेटः चालक र ट्रकधनीसहित तीनै जना सकुशल


    शनिबार, साउन २८ २०७९
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भैरहवाबाट काठमाडौंका लागि र्ईटा लोड गरेर जाँदै गरेको ट्रक आज बिहान त्रिशुली नदीमा खसेको थियो । इच्छाकामना गाउँपालिका–५ को नाग्दी खोला भन्ने स्थानबाट शनिबार बिहान ३.३० बजे त्रिशुली नदीमा खसेको ७ ख ७१०३ न को उक्त ट्रकमा सवार चालकसहित तीनै जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीले जानकारी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीका अनुसार उक्त ट्रकका चालक स्याङ्जाका चौबहादुर गुरुङ, ट्रकधनी सुनिल श्रेष्ठ र सहचालक सकुशल रहेका छन् ।

    नाग्दी खोला भन्ने स्थानको सडकछेउबाट ट्रक खसेको र केहीबेर सडकछेउमा अड्किदा उनीहरु निस्कन सफल भएका थिए । बिहान ३.३० बजे सडकछेउमा अड्किएको उक्त ट्रक करिब ५ घन्टापछि ८.५५ बजेतिर त्रिशुलीमा खसेको एसपी अधिकारीले जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार