काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको बताउनुभएको छ ।
बिहीवार खाद्यका लागि कृषि अभियानले खाद्य खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङगारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्तो बताउनुभएको हो । मन्त्री यादवले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यक्तालाई परिपूर्ति गर्न नसक्ने बताउनु भयो । उहाँले नेपाल कृषिप्रधान देश र अधिकांश नागरिक कृषिमा आश्रित रहेपनि सरकारले कृषि क्षेत्रको प्रवद्र्धन र विकासका लागि आवश्यक लगानी गर्न नसकेको बताउनु भयो । उहाँले किसानहरुले प्राङगारिक मलमा जोड दिनुपर्ने ठाउँमा रासायनिक मलमा जोड दिइरहेको बताउनु भयो । मन्त्री यादवले किसानले प्राङगारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्ने बताउनु भयो । उहाँले रासायनिक मलका कारण बढी मात्रामा विदेशमा पैसा बाहिरिएको भन्दै नागरिकमा प्राङगारिक मलको प्रयोगको बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तपाईहरुको सुझाव सकारात्मक छ, त्यसमा हामी मन्त्रालयमा छलफल गरेर काम अघि बढाउनेछौँ । राज्यले अहिले पनि कृषि क्षेत्रमा आवश्यक लगानी गर्न सकेको छैन । कृषिमा लगानी बढाउनुपर्ने आवश्यक छ । त्यो अहिलेसम्म भएको छैन । रासायनिक मलमाथि नै किसानहरु पनि झुन्डिरहेका छन, प्राङगारिक मलको प्रयोगको बारेमा हामीले जानकारी गराउन आवश्यक छ । रासायनिक मलका कारण हाम्रो मुद्रा बाहिर गइरहेको छ, यसलाई प्राङगारिक मलको प्रयोग गरेर रोक्नुपर्ने आवश्यक छ । प्राङगारिक मलको प्रयोग गर्ने हो भनेपनि हाम्रो मुद्रा सञ्चिति हुन्छ ।’
खाद्यका लागि कृषि अभियानले संविधानले व्यवस्था गरेबमोजिम नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्ने कुरामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ आउनु अनिवार्य रहेको र ऐनमा भएका कतिपय व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा नियमावली नहुँदा अफठयारो भइरहेको भन्दै नियमावली तत्काल लागू गर्न माग गरेको छ । त्यस्तै प्राङगारिक कृषि प्रवद्र्धन आधारपत्रअनुसार प्राङगारिक कृषिको विकास गर्ने हेतुले प्राङगारिक उच्चस्तरीय आयोगले सिफारिस गरेका सुझावलाई मनन गरेर आवश्यक नीति बनाउन ध्यानाकर्षण गराएको छ । त्यस्तै संघीय सरकारले कृषि नीति नबनाएको कारण प्रदेश र स्थानीय सरकार अलमल्ल परिरहेको भन्दै एकीकृत कृषि नीति निर्माणमा ध्यान दिन आग्रह गरेको छ । त्यस्तै कृषि सम्बन्धी मुलभुत विषयलाई समेटेर एकीकृत कृषि ऐन तर्जुमा कार्य अघि बढाउन पनि आग्रह गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend