Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिट बाँडफाँड गर्न बनेको सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै


    बिहिबार, साउन २६ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँड गर्न गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्ने भएको छ।

    बैठक आज (बिहीबार) दिउँसो २ बजे बालुवाटारमा कार्यदलको बैठक बस्न लागेको हो । कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो। उक्त बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए ।

    कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ।
    यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन् । सम्भवत आजको कार्यदल बैठकमा दलहरूले आ-आफ्ना दाबी पेश गर्दैछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार