Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ग्यास आयात दोब्बर, प्रयोग घटाउने नीति असफल


    बिहिबार, साउन २६ २०७९
    2.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  सरकारले बजेटमार्फत बिजुलीको उत्पादन बढाएर खाना पकाउने ग्यासको आयात कम गर्ने लक्ष्य राखे पनि एक वर्षमा आयात करिब दोब्बरले बढेको छ । बजारमा ग्यासको माग बढ्दा आयातमा वृद्धि भएको हो । मुलुकमा एक वर्षको अवधिमा ग्यासको आयात रकम दोब्बरले बढेको छ । 

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बरको ग्यास आयात भएको हो । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ५६६ मेट्रिक टन ग्यास आयात भएको छ ।

    यस हिसाबले समीक्षा अवधिमा प्रतिमेट्रिक टन ग्यासको मूल्य एक लाख १४ हजार ७९६ रुपियाँ पुगेको छ । त्यसअघि आव २०७७/७८ मा ३४ अर्ब रुपियाँ बराबरको चार लाख ८१ हजार २५८ मेट्रिक टन ग्यास आयात भएको थियो । उक्त अवधिमा भने प्रतिमेट्रिक टन ग्यासको मूल्य ७१ हजार १९७ रुपियाँ मात्र रहेको देखिन्छ । यस हिसाबले एक वर्षकै अन्तरमा प्रतिमेट्रिक टन ग्यासको मूल्य ४३ हजार ५९९ रुपियाँले बढेको पाइन्छ ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले करिब दोब्बर रकमको ग्यास आयात भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । अर्कोतिर वार्षिक खपत १३ प्रतिशतले बढ्दा पनि ग्यासको आयात बढ्दै गएको उनले जानकारी दिए । सहरमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत ग्यासको खपत बढ्दै गएकाले बर्सेनि आयातमा समेत वृद्धि हुँदै गएको उनको भनाइ छ । सहरमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत ग्यासको खपत बढ्दै गएकाले बर्सेनि आयातमा समेत वृद्धि हुँदै गएको उनले बताए ।  आजको गोरखापत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार