Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीलाई एकीकृत समाजवादीका नेताको प्रश्नः देशको सीमाना कति मिचियो भन्न सक्नुहुन्छ ?


    बुधबार, साउन २५ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताउनुभएको छ । 

    बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता खतिवडाले देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनैपनि नेतालाई थाहा नरहेको बताउनु भयो । उहाँले मेची र महाकाली सीमाना भनिरहँदा त्यसबीचका कति भूभागमा अतिक्रमण भएको छ भन्ने बारेमा सबै अन्जान रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री, राजनीतिक दलका नेता र पार्टी अध्यक्षले देशको ठिक सीमाना भन्न सकेको दिन सच्चा देशभक्त ठहरिने बताउनु भयो । उहाँले देशमा आफनै नागरिक शरणाथी बनेर बस्नुपर्दा समेत राज्यसत्ता मौन र निःशब्द रहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘केही समयअघि मैले एउटा पार्टीको अध्यक्षलाई सोधेको थिएँ, के तपाईलाई मेरो देशको चार किल्ला ठयाक्कै यो ठाउँमा हो भन्ने थाहा छ ? भनेर सोधेको थिएँ । आज मैले फेरि हाम्रो चार किल्ला मेची र काली त भन्यौँ तर मेची र काली भित्रको भूभाग पक्का हाम्रो छ भन्ने ग्यारेन्टी छ ? देशका प्रधानमन्त्रीले त्यो भन्न सक्नुहुन्छ ? राजनीतिक दलका नेताहरुले, पार्टीका अध्यक्षहरुले त्यो भन्न सक्नुहुन्छ ? म पूर्ण विश्वस्त छु, सक्नुहुन्न । देशको यो भूभाग यहीँ छ भनेर देखाइदिए सबै नेताहरु त्यही दिन देशभक्त र क्रान्तिकारी ठहरिनेछन । आफनै नागरिकहरु देशभित्र शरणार्थीको रुपमा बस्न बाध्य छन तर राज्य सत्ता मौन छ । निःशब्द छ ।’

    उहाँले सीमानामा काँडेतार लगाउनुभन्दा पहिला देशका राजनेता र राजनीतिक दलहरुले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने बताउनु भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार