Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभा बैठक जारी, दुई विधेयक पारित


    बुधबार, साउन २५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।  

    प्रतिनिधिसभाको बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको हो । त्यस्तै बैठकले राष्ट्रियसभाको सन्देश सहितको शपथ सम्बन्धी विधेयक, २०७९ लाई पनि बहुमतले पारित गरेको छ । 

    त्यसैगरी खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतीले स्वीकृत गरिएको छ ।
    प्रतिनिधि सभाको बैठक जारी छ । हाल काठमाडौं उपत्यका सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि दफाबार छलफल प्रारम्भ भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार