Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसमः वागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना 


    बुधबार, साउन २५ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मौसम आंशिकदेखि सामान्य बदलिरहेको जनाएको छ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    प्रदेश १, वागमती र गण्डकी प्रदेशका एक–वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति वागमती,  गण्डकी, लुम्विनी,  कर्णाली र सुदूरपश्चिम  प्रदेशहरुमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    वागमती र  गण्डकी प्रदेशका  केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार