Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज साउन २५ गतेः काठमाडौं उपत्यकामा के के कार्यक्रम हुँदैछन् ?


    बुधबार, साउन २५ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

    आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक बिहान ९ बजे समितिको सभाकक्षमा शुरु हुनेछ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका मन्त्री र सचिवहरुलाई बोलाइएको छ । बैठकमा राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षिण (कालिगण्डकी करिडोर) लोकमार्ग र वन, राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा आयोजना सञ्चालन सम्बन्धमा छलफल हुनेछ ।

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आजको बैठक दिउँसो १ बजे शुरु हुनेछ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शरेबहादुर देउवाले राष्ट्रियसभाको सन्देश सहितको “तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको “तथ्याङ्क विधेयक, २०७८” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गरिने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको “तथ्याङ्क विधेयक, २०७८ लाई पारित गरियोस” भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको “शपथ सम्बन्धी विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको “शपथ सम्बन्धी विधेयक, २०७९” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको “शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस” भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुने, खानेपानी मन्त्री उमाकान्त चौधरीले “खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस” भनि प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको “शहरी क्षेत्र सावर्ज निक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ भने । राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले नेपाल सरकार, मन्त्रीपरिषदको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अडकाउ फुकाउ आदेश सभा समक्ष पेस गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

    नेपाल र छिमेकसँगको सुमधुर सम्बन्धका लागि प्रश्तावना विषयक विचार गोष्ठी हुँदै

    आज नेपाल र छिमेकसँगको सुमधुर सम्बन्धका लागि प्रश्तावना विषयक विचार गोष्ठी हुँदैछ । कार्यक्रम दिउँसो १२ः४५ बजे शुरु हुनेछ । कार्यक्रममा नेपाल र छिमेकसँगको सुमधुर सम्बन्धका लागि प्रश्तावना विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

    गायक दीपक लिम्बूको म्युजिक एल्बम समायोजनको विमोचन

    आज गायक दीपक लिम्बूको म्युजिक एल्बम समायोजनको विमोचन हुँदैछ । विमोचन कार्यक्रम दिउँसो १ः३० बजे मण्डला थिएटरमा हुनेछ ।

    आजको मौसम

    हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,वागमती र गण्डकी प्रदेशका एक–वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति वागमती,  गण्डकी, लुम्विनी,  कर्णाली र सुदूरपश्चिम  प्रदेशहरुमा सामान्य  बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । वागमती र  गण्डकी प्रदेशका  केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार