Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संघीय निर्वाचनका लागि दल दर्ता गर्दै एमाले


    मंगलबार, साउन २४ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ । आज दिउँसो निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने भएको हो ।

    आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो । दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरू आयोग जाने जनाइएको छ ।

    निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आईतवारदेखि दल दर्ता शुरु गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार