Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसम पूर्वानुमान : देशभर वर्षाको सम्भावना


    मंगलबार, साउन २४ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज  देशभरको मौसममा  आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

     देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  विभागले जनाएको छ । 
    आज (मंगलवार ) राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  

    गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार