काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुले कहिल्यै देशको ढुकुटीमा र्याल नचुहाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
पार्टीको काभ्रे जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै लामिछानेले अहिले चुनाव घोषणा भएपछि पनि सांसदहरुले सेवा सुविधा लिइरहेको तर्फ संकेत गर्दै यस्तो बताएका हुन्।
‘अहिले चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको छ। अबको बाँकी तीन महिना तलब भत्ता नखाए हुन्थ्यो। तर अझै छोडेका छैनन्।’ उनले भने, ‘ देशभरका ८२५ सांसदहरुको तलब र दशैंको भत्ता सुविधा खाने पैसा हामीलाई अहिले प्राप्त हुने हो भने यो देशमा कयौं बर्थिङ्ग सेन्टर र दुर्गममा अस्पताल बनाउन सक्छौं। त्यो ३०/४० करोड भन्दा बढी पैसा निर्वाचन घोषणा भएपछि किन खान खोजिँदैछ? देशको ढुकुटीमा यसरी हामी कहिल्यै र्याल चुहाउँदैनौँ, यो मेरो वाचा भयो।’
उनले राजनीतिक दलका शीर्ष नेतालाई चुनावको धपेडी छाडेर आराम गर्न आग्रह गरे।
‘राजनीतिमा पनि रिटायर्ड भन्ने कुरा हुन्छ। शेरबहादुरजी प्रधानमन्त्री हुँदा सरकारी जागिर खाएको कर्मचारी रिटायर्ड भइसक्यो तर अहिले पनि देशको प्रधानमन्त्री शेरबहादुरजी नै हुनुहुन्छ।’ उनले भने, ‘राजनीतिलाई आर्यघाटसम्मै लिएर जाने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ।’
उनले दलका शीर्ष नेताहरुसँग अरु काम गरेर खाने सीप नभएका कारण राजनीतिबाट बाहिरिन नचाहेको तर्क गरे।
‘अहिले राजनीतिक दलका शीर्ष नेताहरु राजनीतिबाट विदा भए के गरेर खान्छन् होला ? के जानेका छन्? केही पनि छैन।’, उनले भने, ‘सायद त्यहि भएर होला यो अन्तिम समयसम्म लाभ लिनका लागि झुण्डिरहेका छन्।’
उनले युवाहरुलाई सहजै नेतृत्व सुम्पिए देशका २५ प्रमुख नेताहरुको स-सम्मान सालिक बनाउने पनि लामिछानेले बताए।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend