Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कम्तिमा २३ संघिय सिटमा चुनाव लड्छौं, गठबन्धनको बाटो खुल्ला छ : हृदेश त्रिपाठी


    सोमबार, साउन २३ २०७९
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । मंसिर ४ गते हुन लागेको संघिय तथा प्रादेशिक चुनावमा हृदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीले आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने जनाएको छ ।

    नेपालफेससंग कुरा गर्दै पार्टी अध्यक्ष त्रिपाठीले संघ र प्रदेशको चुनावको तयारी लागेको र सकभर गठबन्धमै बसेर चुनाव लड्ने बताएका छन् । तर गठबन्धन कुन दलसंग गर्ने भन्ने विषयमा आफुहरुले छलफल गरिरहेको उनले बताए ।

    ‘सकभर गठबन्धनमै चुनाव लड्छौं’, त्रिपाठीले भने– ‘त्यसका लागि विभिन्न दहरुसंग कुरा भईरहेको छ ।’

    २०७४ को आम निर्वाचनमा आफुहरुले स्वतन्त्र राजनीतीक समुह मार्फत एमालेको सुर्य चिन्हबाट लडेको तर यसपाली आफ्नो पार्टीको चुनाव चिन्हबाट लड्ने जानकारी गराए ।

    त्रिपाठीले आफुहरु कम्तिमा २३ संघिय सिट तथा ३२ प्रादेशिक सिटहरुमा उम्मेदवारी दिने तयारी गरिरहेको जनाए । 

    लुम्बिनी प्रदेश, मधेस प्रदेश, प्रदेश नं. १ तथा बागमती प्रदेशमा उम्मेदवार खडा गर्ने तयारी गरिरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार