काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । तयारी पूरा नभएको कारण बैठक स्थगित भएको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जनाएका छन् ।
चुनावी गठबन्धन, संगठन विस्तारलगायतका विषयमा छलफलका लागि बोलाइएको बैठकमा प्रस्तुत हुने एजेण्डाको तयारी पूरा नभएको कारण आज बस्ने भनिएको बैठक स्थगित भएको सोनलले बताएका छन् ।
चुनावी गठबन्धनका लागि दलहरुसँग अझै केही छलफल गर्ने, एउटा निष्कर्षमा पुगेपछि बैठकमा त्यसलाई एजेण्डाको रुपमा राख्ने योजना अनुसार आजको बैठक स्थगित भएको उनको भनाइ छ । लोसपाले चुनावी गठबन्धनका लागि काँग्रेस, एमाले, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायतसँग छलफल गरिरहेको छ ।
तर कुन दलसँग गठबन्धन गर्ने भन्नेबारे अहिलेसम्म टुङ्गो लागेको छैन । यद्यपि लोसपा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ । लोसपाले आइतबार संसदीय दलको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ता गठबन्धन तथा सरकारको विषयमा छलफल गरेको छ ।
गठबन्धन र सत्ता सहकार्यको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि टुङ्गो लाग्ने आश्वासन प्रधानमन्त्री देउवाले दिएका छन् । गठबन्धनको विषयमा केही टुङ्गो लागेपछि कार्यकारिणी समितिको बैठक बस्ने बताइएको छ ।
लोसपाको केन्द्रीय समिति गठनको तयारी पनि भइरहेको छ । त्यसको पनि तयारी पूरा भएको छैन । अन्य संगठन निर्माणको काम पनि बाँकी छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend