Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई


    शनिबार, साउन १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वासिङ्टन ।  अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ– हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ– हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ । अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा शुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको हो । यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाई राख्नुभएको थियो । त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको प्राप्त समाचारमा जनाइएको छ । रासस /एएनआई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार