Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बजेटलाई माफियाकरण गरेका अर्थमन्त्री शर्मालाई जनताले सजाय दिनेछन् : एमाले महासचिव पोखरेल


    बुधबार, साउन १८ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई माफियाकरण गरेको आरोप लगाएका छन् ।

    शर्माले व्यापारिक घरानासँगको सेटिङमा बजेट बनाएको आरोप लगाउँदै पोखरेलले जनतासंग गरेको छलकपटको न्याय जनताले नै गर्ने बताएका छन् ।

    ‘अर्थमन्त्रीले जनताका लागि भन्दा पनि व्यापारिका पक्षमा बजेट ल्याएका छन् ‘, पोखरेलले भने- ‘देउवा र प्रचण्डका नजरमा त उनी चोखिएलान् तर, जनताले सजाय दिनेछन् ।’

    प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पाँचदलीय गठबन्धनका बाबजुद पनि एमालेको जनमत नघटेको दाबी समेत गरे । २०७४ मा ३३ प्रतिशत मत ल्याएको एमालेले अहिले बढाएर ३४ प्रतिशत पुर्‍याएको पोखरेलले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार