Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन १७ गते मंगलवारको राशिफल


    मंगलबार, साउन १७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै न कुनै कुराले अनुहारमा चमकता आउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजारको लगानी कमजोर रहला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुनसक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । इच्छा शक्ति पनि बढेर जानेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्रामा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार