काठमाडौं । नेपाल बार एशोसिएसनले ६ महिनाअघि दर्ता भएको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव तत्काल अगाडि बढाउन माग गरेको छ ।
बारका पदाधिकारीको टोलीले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राणाविरुद्धको महाअभियोग अघि बढाउन आग्रह गरेको हो ।
प्रतिनिधिसभामा विचाराधीन रहेको जबराविरुद्धको महाअभियोग प्रस्ताव लामो समयसम्म अघि बढ्न नसकेपछि बारको टोली सिंहदरवार पुगेको हो । बार एशोसिएसनकी महासचिव अञ्जिता खनालले चालु अधिवेशनबाट नै प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको छिनोफानो गर्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गर्नका लागि बारको टोली सभामुख सापकोटासमक्ष पुगेको जानकारी दिएकी छन् ।
जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका ९८ सांसदले गएको फागुन १ मा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । फागुन २३ मा प्रतिनिधिसभाको बैठकले महाअभियोग सिफारिस समिति बनाएको थियो । त्यो समिति बने पनि बैठक एकपटक पनि बसेको छैन ।
संसदले सो महाअभियोग प्रस्तावका बारेमा थप कुनै कारबाही प्रक्रिया बढाएको छैन । महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै प्रधानन्यायाधीस राणा ६ महिनादेखि निलम्बनको अवस्थामा छन् । महाभियोग दर्ता भएपछि स्वतः निलम्बन भएका राणाले बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवास छाडेका छैनन् ।
सर्वोच्चदेखि तीनै तहका अदालतका मुद्दामा करोडौं मोलमोलाई गर्ने र अनेक विवादित फैसला गरेका प्रधानन्यायाधीश राणामाथि महाभियोग दर्ता गरिएको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend