Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले आजै निर्वाचनको मिति तोक्न सक्ने संभावना 


    सोमबार, साउन १६ २०७९
    875
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । त्यही नियमित बैठक भए पनि आजको बैठकलाई चासोका साथ हेरिएको छ । 

    आजको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्न सक्ने आँकलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । 

    निर्वाचन आयोगले मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । आयोगले मंसिरमा चुनाव गर्नका लागि मिति तोक्न ढिला भइसकेकोबारेमा पनि ध्यानाककर्षण गराइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार