Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शान्तिपूर्ण राजनीतिमा आएको डेढ बर्षपछि विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी


    सोमबार, साउन १६ २०७९
    985
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । हत्या, हिंसाको बाटो छाडेर शान्ति सम्झौतामा आएको डेढ बर्षपछि नेत्रविक्रम चन्द ‘बिप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरुबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

     शान्तिप्रक्रियामा आएको डेढ बर्षपछि ललितपुर जिल्ला अदालतले बिप्लव र प्रकाण्डसहितका नेताहरुविरूद्ध हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको छ ।
    ललितपुर जिल्ला अदालतले सोमबार जारी गरेको पक्राउ पुर्जीमा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

    ती मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ ।

    २०७७ फागुन २१ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग सम्झौता गरी विप्लवको पार्टी शान्तिपूर्ण राजनीतिमा आएको थियो । 

    पक्राउ पूर्जीको ब्यहोरा

    purji.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार