Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सांसद प्रदीप यादवलाई कोरोना संक्रमण


    शनिबार, साउन १७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बीरगंज । सांसद प्रदीप यादवलाई कोरोना संक्रमण देखिएको छ । स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले सामाजिक संजालमार्फत् स्वीकार गरेका छन् । उनले शुक्रबार फेसबुकमा लेखेका छन्–‘मैले आफ्नो पीसीआर जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन ।

    आफूलाई आइसुलेट गरेर अहिले आराममा छु । आ–आफ्नो घरभित्र आत्मानुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिनामास्क ननिस्कन र समाजिक दूरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापूर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।’

    उनले पर्साबासीलाई सम्बोधन गर्दै लेखेका छन्, प्रधानमन्त्रीलाई मैले पत्र प्रेषित गर्दै बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराएको छु । साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोली पठाउने, समुदायमा जाँचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु । उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीसंग पनि सम्वाद गरेको उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार