काठमाडौं । ननेपाली काँग्रेसले पदावधि समाप्त भएका पार्टीका ९ भ्रातृ संगठनको म्याद ६ महिनाका लागि थप गरेको छ । काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुनेगरी म्याद समाप्त भएका मितिबाट ६ महिनाका लागि उक्त भ्रातृ सङ्घहरुको म्याद आज थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो ।
नेपाली कांग्रेसका अधिकांश भातृसंगठनकाृे म्याद समाप्त भइसकेको छ । नेविसंघमा भागबण्डा गरेर केही पदाधिकारी चयन गरेको कांगेंसको अर्को भातृसंगठन तरुण दल ४ जना पदाधिकारी मनोनीत गरिएकोमा त्यसको पनि कार्यकाल सकिएको छ ।
कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा लिइएको नेपाल प्रेस युनियनको ३ पटक महाधिवेशन तोकेर स्थगित हुँदैआएको छ । सभापति शेरबहादुर देउवाले आफू निकट बद्री सिग्देलले पुनः अध्यक्षमा लड्न चाहना प्रकट गरेकाले उनले जित्ने परिस्थिति नदेखिएकाले स्थगित गर्दैैआएका छन् । पछिल्लो पटक त कोरोना संक्रमणका कारण पनि देउवालाई महाधिवेशन स्थगित गर्न सहज भएको छ ।