Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गठबन्धन अहिलेको आवश्यकता हो : अध्यक्ष नेपाल


    शनिबार, साउन १४ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  गठबन्धन  अहिलेको आवश्यकता भएको बताएका छन् । नेपालले  सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् ।
    आज सदरमुकाम सिलगढीमा एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् । ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्’, उनले भने ।

    फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार