Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसपीपीबारे परराष्ट्रमन्त्रीले आज संसदमा जवाफ दिने


    शुक्रबार, साउन १३ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी) बारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

    सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।

    ४ साउनमा नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी ‘रोष्ट्रम कब्जा (रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह) गरेका थिए । रावलले रोष्ट्रम नै कब्जा गरेपछि उक्त बैठक स्थगित हुन पुगेको थियो ।

    निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ५ साउन सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए ।

    सोही रुलिङको पालना गर्दै शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार