काठमाडौं । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्यास’ लिएका छन् । तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्यासी’ बनाएका हुन् ।
डा. राउत एक साताअघि ओशो तपोवन पुगेका थिए । सात दिनसम्म ध्यानमा बसेपछि उनी सन्न्यासका लागि योग्य बनेका हुन् । ओशो सम्प्रदायभित्र सन्यासलाई समाजबाट स्वतन्त्र हुनु भन्ने बुझिन्छ । ‘स’ ले समाजलाई र ‘न्यास’ ले स्वतन्त्रतालाई जनाउँछ ।
ओशो तपोवनमा ध्यान बस्नेहरुमध्ये थोरैले मात्रै संन्न्यास प्राप्त गर्ने गरेका छन् । ध्यानका माध्यमबाट आफ्नो विचारलाई नियन्त्रण गर्न सक्ने, सही आचरणमा बस्न सक्ने तथा सांसारिक सुखबाट मुक्त रहन सक्नेहरु सन्यासका लागि योग्य ठहरिन्छन् । यही योग्यता प्रस्तुत गरेर डा. राउत सन्यासी बनेका हुन् ।
ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणबाट अध्यक्ष राउतले सन्यास लिएका हुन् । एक साता अगाडिदेखि तपोवनमा रहेका उनी सन्यास लिएपछि माला र नयाँ नाम प्राप्त गरेको बताइएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend