काठमाडौं । माक्स नलगाई हिड्ने २ लाख जना कारवाहीमा परेका छन् । हाल काठमाडौं लगाएत अन्य सहरमा आमसभा तथा भिडभाड बढेकाले संक्रमितहरु थपिने क्रम बढ्दोछ, त्यसैले यस्ता कार्य नगर्नु हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुरोध गर्नु भएकोछ ।
आज थपिएका २ सय २४ जना कोरोना संक्रमित मध्ये ३८ जना उपत्यकाका छन् । भारतबाट आएका २१ जना कामदारहरु मध्ये १८ जनामा कोरोना संक्रमण देखिएकोछ । हाल लकडाउन खुलेको भएपनि सामाजिक दुरी कायम गर्न,माक्सको प्रयोग गर्न तथा अनावश्यक रुपमा भिडभाड नगर्न पनि प्रवक्ता गौतमले अनुरोध गर्नु भएकोछ ।