काठमाडौं । शुक्रबार देशभर २ सय २४ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे १० हजार ७ सय ६८ पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ। काठमाडौं उपत्यकाका ३८ जना संक्रमित भेटिएको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार ५ सय ९९ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ३ सय १६ रहेको छ ।
यस्तै आजसम्म कुल १२ हजार १ सय ११ जना क्वारेन्टिनमा रहेका छन् । शुक्रबार पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ ।
बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। जसमा जगदम्बा इन्टरप्राइजेजका सिइओसहित दुई जना पर्साका बासिन्दा छन्। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।