Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त


    मंगलबार, साउन १० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि आवासिय तथा गैर आवासिय राजदुत नियुक्त गरेकी छिन् ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा चारैजनालाई राजदूत पदमा नियुक्त गरेकी हुन् ।

    राष्ट्रपति कार्यालयका अनुसार भारतका लागि नेपालको आवासीय राजदूत डा.शंकरप्रसाद शर्मालाई  भुटानको लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको छ ।

    त्यस्तै मिलनराज तुलाधर रूसी महासंघका लागि नेपालको आवासीय राजदूत, प्रा.डा.राम स्वार्थ राय डेनमार्कका लागि नेपालको आवासीय राजदूत र डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार