Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुख्खाले बेहाल किसानलाई राहत नदिने ‘मधेश सरकार’ करोडौं खर्चेर स्विटजरल्याण्डको शयरमा जाँदै


    मंगलबार, साउन १० २०७९
    940
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । रोपाईको समयमा पानि नपर्दा सुख्खाले बेहाल भएका किसानलाई राहत नदिएर मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको जम्बो टोली स्विटजरल्याण्डको शयरमा जाने भएका छन् ।

    संघीयताको मोडालिटी अध्ययन गर्न भन्दै प्रदेश सरकारको जम्बो टोली स्विजरल्याण्डका जान लागेको हो ।

    स्वीटजरल्याण्डस्थित एक विश्वविद्यालयको निमन्त्रणामा सरकारको टोली युरोप भ्रमणमा जान लागेको बताइएको छ । एक निजी विश्वविद्यालयको निमन्त्रणा अनुसार करोडौँ रुपैयाँ खर्चेर संघीयताको मोडालिटी अध्ययनको नाममा मुख्यमन्त्री, मन्त्रीहरुको टोली त्यहाँ जान लागेको हो ।

    पाँच वर्षे कार्यकालको अन्तिम समयमा प्रदेश सरकारले संघीयताको मोडालिटी अध्ययन गर्नुको कुनै अर्थ नहुदा समेत मुख्यमन्त्री र मन्त्रीहरुको जम्बो टोली करोडौं खर्चेर बिदेश जाने निर्णय क्याबिनेटबाटै पास गरिसकेका छन् ।

    मधेस सरकारको टोली भदौ ६ देखी १४ (अगस्त २२ देखि ३०) गतेसम्म स्विटजरल्याण्ड लगायत अन्य युरोपेली देशको प्रमण गर्नेछ ।

    टोलीमा मुख्यमन्त्री लालबाबु राउत गद्दी, मधेस प्रदेशका सभामुख सरोजकुमार यादव, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह, युवा तथा अ‍ेलकुद मन्त्री बिरेन्द्र सिंह, अर्थमन्त्री शेलेन्द्र प्रसाद साह,  छन् ।

    Switzerland.jpg
    undefined

    यस्तै, प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सांसद रानी शर्मा तिवारी र नेकपा एमालेबाट प्रदेशसभा सदस्य शारदा थापालाई भ्रमणमा जानलागेका हुन् ।

    भ्रमण टोलिमा मुख्य न्यायनधिवक्ता दिपेन्द्र झा, प्रदेश सरकारका मुख्य सचिव कृष्णबहादुर राउत, सचिव रञ्जितकुमार यादव लगायतका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

    भ्रमणलाई सुनिश्चित गर्न मुख्यमन्त्री गद्दी र मन्त्रीहरुको टोली काठमाडौं आएर अनुमतिसहित आवश्यक प्रक्रियाको प्रवन्ध मिलाएको स्रोतले जनाएको छ ।

    मुख्यमन्त्रीसहितको टोलीले परराष्ट्र मन्त्रालयमार्फत भ्रमणको तयारी अघि बढाउन लबिङ गरेको बताइएको छ । स्वीटजरल्याण्डसहित युरोपका विभिन्न देशको भ्रमणका लागि भिसा आवेदनको तयारी भइरहेको पनि स्रोतले जनाएको छ ।

    मधेस प्रदेश सरकारले असार मसान्तमा बसेको मन्त्रिपरिषद्को बैठकबाट युरोप भ्रमणका लागि निर्णय गरे पनि सो निर्णय गोप्य राखिएको छ ।
    मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतले बैठकको निर्णय सार्वजनिक गर्न आलटाल गरे पनि विदेश भ्रमणका लागि मधेस सरकारले तयारी थालेको घुमाउरो पारामा स्वीकार गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार