Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले गर्यो कारवाही, असुल्यो १ हजार जरिवाना


    सोमबार, साउन ९ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले प्रयोग गाडीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

    आज बिहान ललितपुरको पुलचोकस्थित दमकल मोडमा पार्किङ निषेध गरिएको ठाउँमा राइले प्रयोग गर्ने बा २२ च २५८३ नम्बरको गाडीलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो । 

    जावलाखेलस्थित ट्राफिक प्रहरी वृत्तबाट खटिएका प्रहरीले उनको गाडीलाई कारवाही गर्दै १ हजार रुपैयाँ जरिवाना असुल गरेको हो ।

    विपरीत दिशातर्फ फर्काएर नो पार्किङमा पार्क गरेको भेटेपछि सो गाडीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी बालनरसिंह राणाले बताएका छन् ।

    गाडीमा संघीय संसद् सचिवालयले सांसद राइलाई संसद् भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार