काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्सले आईपिओ निस्कासन अनुमति पाएकोछ । कम्पनीले ६३ करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । रिलायन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो ।
रिलायन्स लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । रिलायन्सले जारी पुँजीको ३०५ सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।