Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रेस युनियनमा देउवा पक्ष सोत्तर, शेखर –गगनको पक्षमा सानदार बहुमत 


    सोमबार, साउन ९ २०७९
    910
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल बिजयी भएका छन् । शनिबार सम्पन्न प्रेस युनियनको निर्वाचनमा लम्सालले उनका प्रतिस्पर्धी अनिता बिन्दुलाई करिब १ सय ३३ मतान्तरले पराजीत गरेका छन् । लम्सालले ७४५ मत प्राप्त गरेका छन् भने अनिताले ६१२ मत पाएकी छन् । महासचिवमा दिलीप पौडेलले दोब्बर मतले बिजय हासिल गरेका छन् ।

    कांग्रेसको महाधिवेशनपछि भएको पहिलो पार्टीनिकट संगठनको महाधिवेशनमा संस्थापन पक्षले ठूलै हार ब्यहोरेको छ । युनियनमा अधिकांश पदाधिकारी संस्थापनइतर पक्षले जितेको छ । यसले महाधिवेशन हुन बाँकी रहेका भातृसंगठनहरुमा पनि संस्थापन पक्ष आक्रामक होइन, रक्षात्मक हुने भएको छ ।

    प्रेस युनियनमा महासचिव वा उपाध्यक्ष लिएर सहमति गर्ने पक्षमा रहेको संस्थापन इतर पक्ष निर्वाचनमा पाएको बिजयले उत्साही भएको छ । कांग्रेसको संस्थापनइतर पक्षका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा निवर्तमान युनियनका महासचिव अजयबाबु शिवाकोटी आफ्नो समूहलाई जिताउन बुधबारदेखि हेटौंडामा भिडेका थिए । तर संस्थापन पक्षका नेताहरु एकमतका साथ अनिताको पक्षमा नलागेको आरोप छ ।

    त्यहीकारण प्रेस युनियनको निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षले अध्यक्ष, महासचिव, बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्षसहितका पदाधिकारीमा पराजित भएको छ । पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म संस्थापन बिरोधी पक्षले सानदार बहुमतका साथ जित हातपारेको छ । एक उपाध्यक्ष, कोषाध्यक्ष, दुई सचिव र एक महिला उपमहासचिवमा मात्र संस्थापन पक्षले बिजय हात पारेको छ ।

    लम्साल नेपाली कांग्रेसमा संस्थापन इतर समूह निकट मानिन्छन् । महासचिवमा पनि संस्थापन पक्ष इतरकै दिलीप पौडेलले ५ सय मतान्तरले जितेका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निकट समूहका जगन्नाथ दुलाललाई पराजीत गर्दै पौडेल बिजयी भएका छन् ।

    बरिष्ठ उपाध्यक्षमा पनि संस्थापन इतर समूहका प्रेम केसी बिजयी भएका छन् । देउवा समूहका सरोज अधिकारीलाई पराजीत गरी केसीले बरिष्ठ उपाध्यक्षमा जित हात पारेका छन् । महिला उपाध्यक्षमा सलोजा दाहाल बिजयी भएकी छन् । उनी पनि संस्थापन इतर पक्षकै हुन् ।

    प्रेस युनियनमा संस्थापन पक्षभित्र अनिता बिन्दुलाई अध्यक्षको उम्मेदवार बनाउने पक्षमा उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरु थिएनन् । प्रेस युनियनको राजनीतिमा निरन्तर लागेका सरोज अधिकारी, भीष्म ओझाहरुलाई अगाडि सार्नुपर्ने पक्षमा खड्कासहितका संस्थापन पक्षका नेता भए पनि डा. प्रकाशशरण महतले अनिता बिन्दुलाई उम्मेदवार बनाएपछि संस्थापन पक्षभित्र एकमत हुन सकेन ।

    अनिता बिन्दुले प्रेस युनियनको राजनीतिमा कुनै योगदान नगरेकाले उनलाई दिंदा पार्टीलाई कुनै लाभ नहुने उपसभापति खड्काहरुको तर्क थियो । तर महतले उनैलाई अध्यक्ष बनाएपछि खड्कासहितका संस्थापन पक्षका नेताहरु हेटौंडा गए पनि अनिताको पक्षमा खुलेर लागेनन् । फलस्वरुप लम्साललाई त्यसको लाभ भयो । उनले जित हात पारेका छन् । काठमाडौको अध्यक्ष हुँदाहुँदै एकैपटक जम्प गराएर महासचिवको उम्मेदवार बनाएको भन्दै संस्थापन पक्षबाटै महासचिवका उम्मेदवार जगन्नाथ दुलाल घेराबन्दीमा परेर आधी मतान्तरले पराजीत भए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार