Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृह मन्त्रालयले गर्‍यो आईजीपीलगायतका प्रमुखसँग कार्यसम्पादन सम्झौता


    शुक्रबार, साउन १६ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका विभागीय प्रमुखलगायतका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा आज गृहमन्त्रालयमा कार्यसम्पादन सम्झौता गरिएको हो । 

    नेपाल प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, मन्त्रालयका महाशाखा प्रमुख, विभागिय प्रमुख तथा प्रमुख जिल्ला अधिकारीहरुसँग आर्थिक वर्ष २०७७/७८को कार्यसम्पादन सम्झौता गरिएको बताइएको छ ।

    गत वर्षदेखि यस्तो सम्झौता गर्न थालिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार