काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकारहरको संगठन प्रेस युनियनको अध्यक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष पराजीत हुने संकेत देखिएको छ । प्रेस युनियनको शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो ।
शनिबार बेलुकादेखि भएको मतगणनामा बालुवाटारले उठाएका अध्यक्षका उम्मेदवार अनिता विन्दुलाई ४५ मतले पछि पार्दै शिव लम्सालले अग्रता लिएका छन् ।
प्रेस युनियनको निर्वाचनमा करिब १ हजार ४ सय मत खसेको थियो । ६ सय मत गणना गर्दा लम्सालले ३१६ मत प्राप्त गरेका छन् भने देउवापक्षीय उम्मेदवार अनिताले २७१ मत पाएकी छन् । लम्साललाई डा. शेखर कोइराला पक्षले समर्थन गरेको थियो । महासचिवका उम्मेदवार जगन्नाथ दुलाल त २ सय भन्दा बढी मतले पछाडि छन् । महासचिवका उम्मेदवार दिलीप पौडेलको फराकिलो अग्रताले उनको जित सुनिश्चित जस्तै देखिएको छ ।
बरिष्ठ उपाध्यक्षमा प्रेम केसी देउवा पक्षीय सरोज अधिकारीभन्दा ७ मतले अगाडि छन् ।
नेपाली कांग्रेसको महाधिवेशनपछि भएको पार्टी निकट संगठनको पहिलो महाधिवेशन हो । जुन महाधिवेशनको मतगणनाको प्रारम्भिक परिणामले सभापति तथा प्रधानमन्त्री देउवा पक्ष कमजोर देखिएको छ । मतगणनाको यही रुझान कायम रहे संस्थापन पक्ष प्रेस युनियनमा पराजीत हुने देखिन्छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend