काठमाडौं । आधा किलो सुन र साढे १४ किलो चाँदी तस्करी प्रकरण अझै गहिरिएको छ । घटनामा संलग्न देखिएका प्रशन्न श्रेष्ठको कोठाबाट एक किलो सुन यसअघि भेटिएको थियो ।
शुक्रबार उनै प्रशन्नका साथी उमेश श्रेष्ठको बागबजारस्थित कोठाबाट पनि थप एक किलो पहेंलो धातु बरामद गरिएको छ । सो सु्न प्रशन्नले नै लुकाउन दिएको उमेशले बयान दिएको खुलासा भएको छ ।
आज थप एक किलो पहेंलो धातु बरामद भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी कीरण बर्जाचार्यले बताइन् ।
उमेश र प्रशन्नको साथबाट बरामद धातु सुन हो वा होइन भन्ने परीक्षण भैरहेको प्रहरीले जनाएको छ । यसुबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।