Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बस्यालको ‘चस्मा लाएर’ नामक तीज गीत सार्वजनिक


    शुक्रबार, साउन १६ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लोक तथा दोहोरी गीत गायक बुद्धिसागर बस्यालले पहिलो तीज गीत ‘चस्मा लाएर’ बजारमा ल्याएका छन्। सत्कर्मको संगीत रहेको उक्त गीतमा गायक बस्यालको आफ्नै शब्द र स्वर रहेको छ। बस्यालको गीतमा, ‘गोठतिर गयो भने बस्तु कराउँछन्, ससुराली गयो भने सबै डराउँछन्। बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढीको करकर’ जस्ता शब्दहरु रहेका छन् ।

    विवेक खड्काले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञानप्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय रहेको छ।

    ‘बाजेका पालामा मोहोरपाथी नुुन’, ‘डाँफे नाचेर, छमछम पाउजुले’, ‘मुरलीको धुन’ लगायतका लोकप्रिय गीतका गायक बस्यालले लामो समयपछि पहिलोपटक तीज गीत बजारमा ल्याएका हुन् । गायक बस्यालले कोरोना भाइरस, लकडाउन र अहिलेको परिवेशलाई समेटेर तीज गीत बजारमा ल्याएको बताएका छन् । उक्त गीत गायक बस्यालको आफ्नै युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

     हेर्नुस् भिडियोः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार