काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पाटन अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ६५ वर्षीया बृद्धाको मृत्यु भएको अस्पतालका निर्देशक डा.विष्णु शर्माले बताए।
कोरोना संक्रमण पुष्टि भएसँगै उनी उपचारका लागि गत साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन्। आईसीयूमा राखेर उनको उपचार भैरहेको थियो।
बिहीबार साँझदेखि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनी उच्च रक्तचापबाट पीडित रहेको बताइएको छ ।
बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। जसमा जगदम्बा इन्टरप्राइजेजका सिइओसहित दुई जना पर्साका बासिन्दा छन्।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।