Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ‘लिम्बुवान, किरात प्रदेश’ को माग गर्दै माइतीघरमा प्रदर्शन


    बिहिबार, साउन ५ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डौं– लिम्बुवान किरात संयुक्त संघर्ष समितिले आज काठमाण्डौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

    प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ राख्नुपर्ने माग सहित समितिका सदस्यहरुले प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारीहरूले ‘पहिचानविना प्रदेश मान्दैनौं’, ‘लिम्बुवान, किरात प्रदेश घोषणा गर’ भन्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

    प्रदेश १ को नामाकरणको विषय पेचिलो बनिरहँदा पहिचानको आधारमा नाम राख्नुपर्ने भन्दै उनिहरुले प्रदर्शन गरेका हुन् ।

    राजनितिक दलहरुले आ–आफ्नै नाम अघि सारेपछि कार्यकाल सकिन लाग्दा समेत प्रदेशसभाले प्रदेशको नाम टुंग्याउन सकेको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार