Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, लोकतान्त्रिक गठबन्धन बनाउनेबारे छलफल


    बिहिबार, साउन ५ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । 

    आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा विभिन्न विषयमा छलफल भएको ठाकुर निकट श्रोतले जनाएको छ ।

    भेटवार्तामा नेपाली काँग्रेसका अध्यक्ष समेत रहेको प्रधानमन्त्री देउवाले ठाकुरलाई अहिलेको सत्ता गठबन्धनमा सहभागी हुनका आग्रह गरेका थिए ।

    ठाकुर निकट लोसपा नेता सुरेन्द्र झाका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धनमा सहभागी हुन आग्रह गरे पनि ठाकुरले लोकतान्त्रिक गठबन्धन बनाए आफुहरु त्यसमा सहभागी हुने बताएका थिए ।

    नेता झाका अनुसार ठाकुरले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक संसदमा लगेकोमा देउवालाई धन्यवाद समेत दिएका थिए । देउवाले उक्त विधेयक चाँडै पारित हुने विश्वास दिलाएका थिए ।

    ठाकुरले जेलमा रहेका रेशम चौधरीलगायतका आन्दोलनका कैदी बन्दीको रिहाइ, झुठा मुद्दा फिर्ता लगायका विषयमा पनि देउवासंग कुरा गरेको झाले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार