Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • छानबिन समितिमा बयान दिदै जनार्दन शर्मा भन्छन्- सीसीटीभी फुटेज कहिलेसम्मको रहन्छ मन्त्रीलाई जानकारी हुँदैन


    बिहिबार, साउन ५ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने कुरा मन्त्रीलाई थाहा नहुने जानकारी दिएका  छन् । 

    जनार्दन शर्मा आज  सिंहदरबारस्थित अर्थसमितिको हलमा बसेको समितिको बैठकमा उपस्थित भएर बयान दिइरहेका छन् । बजेट निर्माणका बेला बाहिरी व्यक्तिको प्रवेश भएर करका दर हेरफेर गरिएको समाचार सार्वजनिक भएपछि संसदले छानबिनका लागि समिति बनाएको थियो ।
    समितिको बैठकमा उपस्थित शर्माले भित्रबाहिर गर्दा त्यहाँ सुरक्षाकर्मी रहने हुँदा बाहिरको मान्छेले सहजै प्रवेश नपाउने बताए । शर्माले समितिमा भने बाहिरको मान्छे पस्ने सम्भावना नै छैन । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।
    उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो र यसले  अहिले छानबिन गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार