Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालीलाई कुवेत प्रवेशमा रोक


    शुक्रबार, साउन १६ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कुवेत सरकारले नेपालीलाई प्रवेशमा रोक लगाएको छ । केही समयका लागि नेपालसहित सात देशका नागरिकलाई प्रवेशमा रोक लगाएको थाहा भएको छ । 

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान,  श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हाे ।

    कुवेत कोरोना भाइरसका कारण लामो समय बन्द भएका व्यवसायिक उडान १ अगष्टदेखि खोल्दै छ । उडान खुले पनि तत्काल नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान,  श्रीलंका, इरान र फिलिपिन्सका नागरिक कुवेत जान पाउने छैनन् । 

    साउनको १५ दिनमा मात्रै ८६ जना नेपालीले कुवेत जानका लागि पुनः श्रम स्वीकृति लिएका छन् । तर, कुवेत सरकारको पछिल्लो निर्णयले उनीहरू तत्काल त्यहाँ जान पाउने छैनन् ।

    हाल कुवेतमा ७० देखि ८० हजार नेपाली रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । कोरोनाका कारण कुवेतबाट करिब ३ हजार कामदार फर्किएका छन् । 

    गत१८ असारदेखि पुनः श्रम स्वीकृति खुलेसँगै कुवेत जान पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि बढिरहेको छ ।

    कुवेत नेपाली कामदारको रोजगार गन्तव्य देशभित्र पर्छ । गत आवमा ५ हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीका लागि कुवेत गएको वैदेशिक रोजगार विभागले जनाएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार