Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्ने


    बुधबार, साउन ४ २०७९
    770
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौ- बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी बनाएकोबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ ।

    आज बस्ने समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाइएको समिति सदस्य बिमला बिकले जानकारी दिएकी छन् । मंगलबार बसेको समितिको बैठकले सिसिटिभी फुटेज डिलिट भएको भए रिकभर गर्न सकिन्छ त ? भनेर विज्ञहरुको राय लिएको थियो ।

    निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाएको छ।

    नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समितिले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ।

    जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज मन्त्रालयले नदिएपछि रिकभरका लागि प्रक्रिया अघि बढाइएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

    समितिले जेठ महिनाको फुटेज मगाउँदा मन्त्रालयले असार महिनाको मात्र फुटेज दिएको थियो । यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिनुका साथै त्यहाँको अवलोकनसमेत गरिसकेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार