Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक वर्षको अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात


    बुधबार, साउन ४ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा  तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपियाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र ग्यास) आयात भएको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपियाँको आयात भएको हो ।  

    आव २०७७/७८ मा एक खर्ब ५८ अर्ब रुपियाँ बराबरको २८ लाख ६६ हजार किलोलिटर आयात भएको थियो । स्थानीय बजारमा इन्धनको खपत सामान्य बढेका कारण इन्धनको परिमाणमा समेत वृद्धि हुँदा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको हो ।

    निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले दोब्बर परिणामको इन्धन आयात भएको बताएका छन् । यो अहिलेसम्मकै धेरै रकमको हो, एक वर्षमा तीन खर्बको १० अर्बको आयात हुँदा सरकारलाई राजस्वबापत एक खर्ब २० अर्ब रुपियाँ बुझाएका छौँ, उनले भने । आजको गोरखापत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार