Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वामपन्थीहरुको एउटै साझा पार्टी बनाउन बाबुराम सकारात्मक


    मंगलबार, साउन ३ २०७९
    840
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आज  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेता डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

    केही समय अगाडि उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो । 

    प्रचण्ड–बाबुराम भेटका क्रममा बिबिध विषयमा छलफल भएको थियो । सिंहदरबारको भेटमा उनीहरुबीच वामपन्थी शक्तिहरुको एउटै पार्टी निर्माण विषयमा छलफल भएको छ । त्यसैगरी एउटै पार्टी बनाउन नसके पनि वर्तमान सत्ता गठबन्धनमा सँगै अघि बढ्ने विषयमा छलफल भएको हो । आज मंगलबारको भेटमा एउटै पार्टी बनाएर अघि बढ्न भट्टराई सहमत भएको एक माओवादी नेताले जानकारी दिएका छन् । ति नेताले भने– ‘डा. भट्टराई वामपन्थीहरुको एउटै पार्टी बनाएर अघि बढ्न तयार हुनु भएको छ । अध्यक्ष प्रचण्डको प्रस्तावमा उहाँ सकारात्मक हुनुहन्छ । तर, को–को मिलेर कस्तो पार्टी बनाउने भन्नेमा छलफल गर्नुपर्ने भट्टराईको धारणा रहेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार