Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेडक्‍वार्टरका थप १८ प्रहरीमा देखियो कोरोना संक्रमण


    शुक्रबार, साउन १६ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालका थप १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    शुक्रबार गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुवेरसिंह कडायतले जानकारी दिए । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ।

    बुधबारसम्म प्रहरी प्रधान कार्यालयका ३५ जनामा कोरोना देखिएको थियो। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा बिहीबार थप १९ जनामा कोरोना देखिएको थियो।

    कन्ट्याक्ट ट्रेसिङ गर्दा शुक्रबार थप १८ जनामा कोरोना देखिएको हो। उनीहरुमध्ये धेरै जसो मेकानिकल, चालक र मेसमा काम गर्ने प्रहरी रहेका छन्। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पनि नमूना परीक्षण भइरहेको जनाएको छ।

    कोरोना संक्रमण देखिएका सबैलाई सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार