Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुलपानी रंगशालाको निर्माण कार्य युद्धस्तरमा गर्न मन्त्री गहतराजको निर्देशन


    सोमबार, साउन २ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । 

    सोमबार बिहान मुलपानी पुगेका मन्त्री गहतराजले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छ् ।  

    आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री गहतराजले गुणस्तरियताकालागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए ।  

    मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुगेका मन्त्रीले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए ।  

    अनुगमन तथा निरक्षणका क्रममा मन्त्री गहतराजले अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरेका थिए । 
     

    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार